१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

श्रीमान्‌को मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीद्वारा आत्महत्या



डडेलधुरा । डडेलधुरामा कोरोना भाइरसको संक्रमणबाट श्रीमान्‌को मृत्यु भएपछि श्रीमतीले आत्महत्या गरेकी छन् । अस्पतालमा कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी हुन् ।

डडेलधुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह–७ का सुरेश कठायतको कोरोना संक्रमणबाट मुत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले अस्पतालमा उपचारको क्रममा कठायतको मृत्यु भएको केही घन्टापछि उनकी श्रीमती सरिताले आत्महत्या गरेको जानकारी दिए ।

कठायतलाई कोभिड–१९ संक्रमण पुष्टि भएपछि बाजुरामा थप उपचारका लागि जेठ २ गते डडेलधुरा ल्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस !