१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

त्रिविका दुई सहप्राध्यापकसहित २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु



काठमाडौं- कोरोनाभाइरस संक्रमणले त्रिभुवन विश्वविद्यालयका दुई जना सहप्राध्यापकसहित २३ जना कर्मचारीको मृत्यु भएको छ। आइतबार विज्ञप्ति जारी गर्दै त्रिविले हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको जनाएको छ।

मृत्यु हुनेमा २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक, २ जना शिक्षण साहयक, २ जना आंशिक शिक्षक रहेका छन्। यस्तै एक जना महाशाखा प्रमुख, एकजना उपप्रशासक, ५ जना शाखा अधिकृत र ५ जना कार्यालय सहयोगीको मृत्यु भएको छ।

मृत्यु हुने प्राध्यापक, शिक्षक र कर्मचारीहरू विश्वविद्यालयसँग सम्बन्धन रहेका विभिन्न क्याम्पसमा कार्यरत थिए।


प्रतिक्रिया दिनुहोस !