१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

उपचुनाव भन्दा कोरोना नियन्त्रण पहिलो प्राथमिकता, त्यहि भएर मतदानमा भाग नलिने : मेयर- नेपालगन्ज उपमहानगरपालिका



नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले सोमबार भइरहेको लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् । एमाले, कांग्रेस र माओवादीको लडाइँमा आफू मिसिन आवश्यक नदेखेर मतदान नगर्ने निर्णयमा पुगेको उनले बताएका छन् ।

‘हामीलाई यो निर्वाचनको के अर्थ छ ? जसले जिते पनि यसको कुनै अर्थ छैन । हामीलाई केही मतलब नै छैन,’ उनले भने, ‘अर्थहीन निर्वाचनमा सहभागी हुनु जरुरी देखिनँ । त्यसकारण मत हाल्न गइन ।’ उनले फेसबुक र ट्विटरमार्फत पनि मतदान नगर्ने घोषणा गरेका हुन् ।

‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस,एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,धन्यवाद!,’ उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय