८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

‘हट लुक्स’ मा उर्वशी रौतेला



अहिले सिंगो भारत कोरोना भाइरसको महामारीले आक्रान्त छ। कोरोनाले सबै क्षेत्रलाई नराम्रोसँग प्रभावित बनाएको छ। विगत डेढ महिनाभन्दा लामो समयदेखि लगातार निषेधाज्ञा भइरहेको छ। अन्य क्षेत्रजस्तै भारतीय चलचित्र उद्योग (बलिउड) पनि प्रभावित बनेको छ। कोरोना महामारी र लकडाउनका कारण चलचित्रकर्मीहरू घरभित्रै बसिरहेका छन्। यस्तो विषम परिस्थितिमा पनि केही बलिउडकर्मीले भने चर्चा बटुल्दै आएका छन्। तिनैमध्येकी एक हुन्, अभिनेत्री उर्वशी रौतेला।
बलिउड नायिका उर्वशी आफ्नो हट अवतारका कारण सदैव चर्चामा आउने गरेकी छन्। फेसन सेन्स र ग्ल्यामर लुक्सका कारण चर्चा कमाउँदै आएकी उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन्। उनी आफ्ना फ्यानका लागि हट अवतारका तस्बिरहरू सेयर गर्ने गर्छिन्। त्यसलाई उनका फ्यानले पनि निकै रुचाउने गरेका छन्। उनले हालै केही नयाँ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। कालो रङको डिपनेक र साइटकट गाउन लगाएकी उनी निकै आकर्षक देखिएकी छन्।

धेरैजसो बिकिनी अवतारमा इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्ने बलिउड अभिनेत्री उर्वशीको यो फेसनले पनि चर्चा कमाइरहेको छ। केही समयपहिले उर्वशी भारतीय क्रिकेटर हार्दिक पाण्ड्यासँगको प्रेमका कारण चर्चामा थिइन्। तर, अहिले भने उनीहरूको त्यो चर्चा सेलाएको छ।


प्रतिक्रिया दिनुहोस !