१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

गलवान घाँटीको झडपमा मारिएका चिनियाँ सैनिकको टिप्पणी गर्नेलाई ८ महिना जेल



एजेन्सी : भारतसँगको पछिल्ला २ साल भएको झड़पमा मारिएका चिनियाँ सैनिकका बारेमा टिप्पणी गरेका एक चिनियाँ ब्लॉगरलाई आठ महिना जेल सजाय दिईएको छ । ३५ बर्षीय चियो ज़िमिंग लाई शहीदहरुको अपमान गरेको आरोपमा जेल सजाय भएको सरकारी अख़बार ग्लोबल टाइम्सले जनाएको छ । चीनमा आपराधिक क़ानूनमा संशोधन गरेपछि पहिलो पटक ज़िमिंग सजाय पाउने पहिलो व्यक्ति बनेका छन् । उनलाई टिप्पणी गरेबाफत माफी माग्न पनि निर्देशन दिईएको थियो । यस कानुन अन्तर्गत तीन वर्ष को लागि सजाय हुन सक्ने व्यवस्था छ । उनका सामाजिक संजाल भिवोमा २५ लाख फलोर्स रहेका छन् । सम्बन्ध भारत र चीनको बीचमा गलवान उपत्यकामा २० भारतीय सेनाको मृत्यु भएको थियो भने ४ जना चिनियाँ सैनिक मारिएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !