११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

टिकापुर घटनाका दोषी रेशम चौधरीलगायत ३ जनाको मुद्धा फिर्ता लिने तयारी (सम्झौतापत्रसहित)



काठमाडौं । सरकारले रेशम चौधरीलगायतका मुद्धाहरु फिर्ता लिने तयारी गरेको छ । थरूहटरथारूवान संघर्ष समितिसँग ६ बुँदे सहमतिअनुसार रेशम चौधरीलगायतका मुद्धाहरु कानूनसम्मत फिर्ता लिने तयारी गरिएको हो । सहमतिपत्रमा भनिएको छ, ‘थरूहटरथारूवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद घटनामा आरोपित ई. धनिराम चौधरी, रेशम चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएका सम्पूर्ण मुद्धाहरु फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्म पहल गर्ने ।’

यसैगरी थारूभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने सहमती पनि गरिएको छ। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट कानुन मन्त्री लिलानाथ श्रेष्ठ, राजन भट्टराई, भगवती चौधरी तथा थारू कल्याणकारी सभाका तर्फबाट रूकमिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया दिनुहोस !