१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

निषेधाज्ञाले देशभरका ७० प्रतिशत उद्योग-व्यवसायमा गम्भीर असर



देशभर जारी निषेधाज्ञाका कारण देशैभर उद्योग व्यवसायमा गम्भीरअसर परेको छ । नेपाल उद्योग वाणिज्य महासंघले निषेधाज्ञाका कारण ८३ प्रतिशतसमम उद्योग व्उवसायमा असर परेको जानकारी दिएको छ ।

महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसंग जारी बन्दाबन्दी र निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन सम्वाद हुँदा मुलुकभर उद्योग व्यवसायमा असर परेको उल्लेख गरेको छ ।

महासंघका अनुसार करिव ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइन्छ । प्रदेशगतरूपमा हेर्दा प्रदेश नम्वर १(८२.७प्रतिशत), गण्डकी प्रदेश(७५प्रतिशत),बागमती प्रदेश(६९प्रतिशत), प्रदेश नम्वर २(६९प्रतिशत), लुम्बिनी प्रदेश(६४.५प्रतिशत),सुदूरपश्चिम(५७.७प्रतिशत) र कर्णाली प्रदेशमा (४५.५प्रतिशत) उद्योग व्यवसायमा असर परेको महासंघले उल्लेख गरेको छ ।

खाद्यान्न, स्वास्थ्यसंग सम्बन्धी, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषि बाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प छन् । पसलहरू विहान ३–४ घण्टा मात्र खुल्ने गरेका छन् । उद्योग व्यवसाय चलाउने लाखौं मानिसहरू घरभित्र थुनिएर बसेका छन् । यो बेलामा उद्योग व्यवसाय भन्दा पनि सामाजिक भावना अनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो कुरा भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको महासंघले बताएको छ ।

महासंघले महासंघको सिंगो सञ्जालनै यतिखेर मुलुकभित्र कोभिड महामारीका विरूद्धमा लड्दै आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा जुटिरहेको जानकारी दिएको छ । कोभिडको दोस्रो लहरको महामारीका कारण वैशाख १६ गतेदेखि उपत्यका र त्यसअघि केही जिल्लाहरूबाट शुरू भएको लकडाउन र निषेधाज्ञा अहिले एकदुईवटा जिल्लाबाहेक सबैतिर जारी छ ।


प्रतिक्रिया दिनुहोस !