७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

नयाँ पार्टी खोल्नेबारे छलफलमा नेपाल-खनाल समूह



काठमाडौं । नेकपा एमालेको कारबाहीमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो समूहको केन्द्रीय समिति बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न भन्दै नेता नेपालले बैठक बोलाएका हुन ।

एमालेबाट निष्कासनमा परेको नेपाल–खनाल समूहले आज ११ बजेका लागि बैठक बोलाएको हो । आजको बैठक भर्चुअल माध्यमबाट हुने बताइएको छ ।

पार्टी एकतालाई कायम राख्नका लागि दोस्रो पुस्ताका नेताहरु सक्रिय रहेका बेला खनाल–नेपाल समूहमा अन्तर्विरोध झनै चुलिएको छ । नेता नेपालको जानकारीबिना नै योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेता संस्थापनसँग वार्तामा रहेको बताइएको छ ।

खनाल–नेपाल समूहको हिजो सम्पनन बैठकमा जनवर्गीय संगठनका अधिकांश नेतृत्वले अलग पार्टी खोल्न दवाव दिएका थिए । आज हुने केन्द्रीय कमिटीको बैठकबाट यसबारे औपचारिक निर्णय लिने नेपाल समूहको तयारी छ ।


प्रतिक्रिया दिनुहोस !