spot_img
Friday, June 18, 2021
spot_img

ट्रेन्डिङ :

नेपाल समूहको बैठकमा सहभागी नहुन एमालेको निर्देशन

spot_img

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षद्वारा बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन निर्देशन जारी गरेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले बिहीबार अपराह्न ४ बजे स्थायी कमिटी बैठक बोलाएको छ । तर असन्तुष्ट नेता खनाल र नेपाल समूहले भने बिहीबार नै छुट्टै केन्द्रीय कमिटी बैठक (भर्चुअल माध्यमबाट) बोलाएको छ । ओली पक्षले भने खनाल नेपाल पक्षद्वारा बोलाइएको बैठक असंवैधानिक रहेको भन्दै कोही पनि सहभागी नहुन निर्देशन दिएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन सूचित गरेका छन् । “अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो कृयाकलापको निन्दा एवम् भर्त्सना गर्दछु । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानुन विपरीतको त्यस्ता कृयाकलापमा सहभागी नहुन सुचित गर्दछु,” विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: