१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

स्तन क्यान्सर पीडित जानकी साउदलाई आर्थिक सहयोग गर्न अपिल



दार्चुला : दार्चुला जिल्लाको लेकम गाउँपालिकाको सर्मोली बित्थडकी ४० बर्षीय जानकी साउदको स्तन क्यान्सर भई हाल शुशील कोइराला क्यान्सर अस्पतालमा उपचारको गराई रहेकी र आर्थिक अभावले उपचार गर्न समस्या भएकाले आर्थिक सहयोग गरी ज्यान बचाईदिन उनको परिवारले आग्रह गरेका छन् । क्यान्सर पीडित साउदको घरपरिवारको आर्थिक अवस्था निकै दयनीय भएको र उपचारको लागि धेरै खर्च लाग्ने भएकाले उहाँको घरपरिवारले सहयोगको अपितल गरेको छ समाजसेवी काम गर्दै आएका दीपक विष्टले समाजवादसँग भने । उहाँका घरमा ससाना नाबालक छोराछोरी छन् ।

घरपरिवारको आम्दानीको कुनै स्रोत छैन । स्तन क्यान्सर पनि समान्य प्रकृतिको होईन, गम्भीर प्रकृतिको रहेको छ । उपचार गर्न आर्थिक समस्या भएकाले उहाँहरुले आर्थिक सहयोगको याचना गर्नु भएको छ समाजसेवी दीपक विष्टले भने । सहयोगको लागि क्यान्सर पीडित जानकी साउदका देवर माधब सिंह साउदको दिपायल साखामा रहेको एन आइ सि एसिया बैंक को खाता न. H8870012270952401 सहयोग गरिदिन अनुरोध गरिएको छ । त्यस्तै आर्थिक सहयोग गर्न चाहनेले समाजसेवा गर्दै आएका दीपक विष्टको 9865975298 नम्बरमा फोन गरेर पनि बुझ्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस !