७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

पार्टी एकताको मेरो प्रयासबारे भ्रम फैलाईयो : बिष्ट



नेकपा(एमाले)का सचिव गोकर्ण बिष्टले पार्टी एकताका लागि आफुले गरेको प्रयासबारे भ्रम फैलाईएको बताएका छन् । आफुले २०७५ जेठ २ अघिको पार्टी संरचनालाई ब्युताएर एकता गराउन प्रयास गरेको तर आफ्नो जोडेर दुश्प्रचार गरिएको भन्दै आपक्ति पनि जनाएका छन् ।

बिष्टले पार्टी र जनसंगठनहरुको संरचनालाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउन ओली समुह सहमत हुँदा मात्रै पार्टी एकता जोगिने पनि स्पष्ट पारेका छन् ।

उनले फेसबुकमा लेखेका छन्

नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।
पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।

 


प्रतिक्रिया दिनुहोस !