१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

संवैधानिक इजलास दुई कित्तामा विभाजित भएपछि प्रधानन्यायधीशले बोलाए सर्वोच्चको फुल बैठक



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ बोलाउनु भएको छ । संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न प्रधानन्यायाधीश राणाले शुक्रबार ‘फुल कोर्ट’को बैठक बोलाउनुभएको हो । शुक्रबार बस्ने पूर्ण इजलासको बैठकले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णयहरु लिनसक्ने सर्वोच्च स्रोतको भनाइ छ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्धामा आइतबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !