६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको यथाशीघ्र निर्वाचन गर्न माग (विज्ञप्तिसहित)



काठमाडौं : नेपाल निजामती कर्मचारी युनियन संघले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन यथाशीघ्र गर्न माग गरेको छ । संघका उपमहासचिव दुर्गा फुँयालले श्रम तथा व्यवसयाजन्य सुरक्षा विभागका महानिर्देशकलाई पत्र लेख्दै यथाशीघ्र आधिकारिक टेड युनियन निर्वाचनको मिति तोक्ने माग गरिएको हो । ५ बर्ष अघि आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको थियो । सो संस्था अघिल्लो बर्षको १९ जेठबाटै अवैद्य बनेको थियो । आधिकारिक ट्रेड युनियनको विधान ०६९ को दफा २४ मा कार्यकाल निर्वाचन भएको मितिले ४ बर्षको हुने र समय अगावै अर्को निर्वाचनको मिति तय हुन नसकेको अवस्थामा विशेष परिस्थितिमा एक बर्ष म्याद थप्न सकिने व्यवस्था छ । सोही व्यवस्था प्रयोग गर्दै विभागले एक बर्षभित्र निर्वाचन गर्ने गरी म्याद दिएकोमा तोकिएको मितिमा निर्वाचन गराउन नसकेपछि सो संस्था अवैद्य बन्न पुगेको हो । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको अघिल्लो बर्ष जेठ १९ गते नै निर्वाचन हुनुपर्ने भए पनि कोरोना सङ्क्रमण र लकडाउनका कारण पटक पटक सारिएको थियो ।

मुख्यसचिव,श्रम मन्त्रालय,सामान्य प्रशासनलाई बोधार्थ पठाइएको सो पत्रमा भनिएको छ, प्रथम पटक आधिकारिक ट्रेड युनियन निर्वाचन भएको पाँच वर्ष व्यतित भई आधिकारिक ट्रेड युनियनको कानुनी हैसियत समाप्त भएको व्योहोरा पत्रमा उल्लेख गर्दै निर्वाचनको मिति तोकी निर्वाचन अवधिभरलाई सामूहिक ट्रेड युनियन नीतिलाई सहमतीको विन्दुमा राखि निर्वाचन गर्ने व्यवस्था यथासिघ्र गर्न गराउन नेपाल निजामती कर्मचारी युनियन (संघ) नेपाल सरकार सँग जोडदार माग गर्दछ । निजामती कर्मचारीमध्ये झण्डै ६० हजारजति ट्रेड युनियनमा संलग्न छन् । स्वास्थ्य सेवालाई पनि निजामतीमा गाभेपछि त्यसका ३० हजार कर्मचारी र स्थानीय निकायमा भर्ना भएका १० हजार गरी थप ४० हजार निजामती कर्मचारी ट्रेड युनियनमा संलग्न हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !