६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि गुम्दै : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खत्तरा पैदा भएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले अग्रगामी शक्तिहरुको बीचमा एकतावद्ध पहलकदमीको आवश्यतामा जोड दिएका छन ।

‘जातीय छुवाछुत, भेदभाव, हिंसा सम्बन्धी संविधान र कानुनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुविरुद्ध जनचेतना लगायतका कार्यक्रम संचालन गर्नुपर्छ,’प्रचण्डले भनेका छन,’स्थानीय तहसम्म निगरानी संयन्त्र बनाएर जातीय भेदभाव अन्तको जुटन म सबैलाई आग्रह गर्दछु ।’


प्रतिक्रिया दिनुहोस !