८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

हामी अभागी आमा-बाबा



अर्जुन रेग्मी-

के गर्छौ सानू तिमी नि थला म पनि छु थला
छोराले जोर्यो सुनेछु हल्ला झन माथी दस तला ।
बाच्नु छ सानू एक अर्कासित दुखमै रमार
ती छोरा छोरी बिरानो भए सम्पती कमार ।
तिनैको माया अझै छ सानू जे भनी मन भरी
च्यातिए छाला पैतला मुनि के गर्ने याद गरि ।
चौरासी कट्यो मेरो नि उमेर उनको नि छ असी
छोरा र छोरी भर नि छैनन रात काटौ का बसि ?
जन्मार छोरा जन्मार छोरी आज चाहिँ कोहि छैन
रोएर सानू सम्झेर सन्तान भन्छिन नि रोईछैन ।
के छ र बरा सन्तानलाई जन्म दिएर कुनै दोस
यी बाबा आमा अभागी कठ्ठै अरुको यो नहोस ।।


प्रतिक्रिया दिनुहोस !