११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

भारतीय चेली बनिन् नेपालको मन्त्री !



काठमाडौं- प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरे ।ओलीले एमालेका दुई र जनता समाजवादी पार्टी (जसपा) का ७ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरे । जसपाबाट मन्त्री हुनेमा चन्दा चौधरी एक हुन् । पूर्वराजपाकी महासचिवसमेत रहेकी चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी पाएकी छन् । श्रोतका अनुसार चौधरी नेपालस्थित भारतीय दूतावासको कोटामा मन्त्री नियुक्त भएकी हुन् । नेपालीसँग विवाह गरेकी भारतीय चेली चौधरी अंगीकृत नागरिकता बाहक हुन् । यद्यपि नेपालको संविधानले अंगीकृतलाई मन्त्री बन्न रोकेको छैन ।

एक समय एमाले सांसद गंगा चौधरी सत्गौवाले चन्दा चौधरीलाई लक्षित गर्दै ‘नेपालको संसदमा भारतीय चेलीको दादागिरी’ चलेको अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिको प्रतिवाद गर्दै चन्दाले संसदमा नियमापत्ति गरिन् र रेकर्डबाट उक्त शब्द हटाउन सभामुख अग्नि सापकोटासँग माग गरिन् ।चन्दाले संसदमा हिन्दीमा सम्बोधन गरेको विषयमा गंगाले आपत्ति जनाएकी थिइन् । नेपालको संसदमा हिन्दी बोल्ने परम्परा २०४८ सालको संसददेखि नै चल्दै आएको प्रष्टीकरण चन्दाको थियो ।


प्रतिक्रिया दिनुहोस !