८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

सुदुरपश्चिममा दुई समूहमा विभाजित एमाले



धनगढी : सुदूरपश्चिम प्रदेशसभाको शुक्रबार सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा एमालेका ओली र खनाल नेपाल पक्षका सांसदहरू सरकारलाई समर्थन गर्ने पक्ष र विपक्षमा उभिएका छन् । अध्यक्ष केपी ओली पक्षधर सांसदले सरकारलाई दिइएको समर्थन फिर्ता लिइसकिएको दाबी गरेका छन् भने संसदीय दलका तर्फबाट बोल्दै माधवकुमार नेपाल पक्षीय सांसदले समर्थन कायम रहेको बताएका छन् ।

बैठकको सुरुमै आफ्नै आसनबाट उठेर बोल्दै ओली समूहका सांसद पठानसिंह बोहराले एमालेले मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिइएको समर्थन फिर्ता लिइसकेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए । ‘जेठ १४ गते नै हाम्रो पार्टीले सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको पत्र दर्ता गराइसकेका छौं ।’ सांसद बोहराले भने, ‘आफूहरू प्रतिपक्षी भएकाले बसाइ तथा सिटिङको पनि अलग्गै व्यवस्थापन हुनुपर्छ ।’

त्यसलगत्तै सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभा नियमावलीअनुसार विशेष समय उपलब्ध गराएका थिए । विशेष समयको पहिलो वक्ताका रूपमा एमाले संसदीय दलको प्रतिनिधिका हैसियतले प्रदेश सांसद अमरबहादुर साउदले मन्तव्य राखेका थिए । उनले सांसद बोहराको भनाइलाई प्रतिवाद गरेका थिए । सांसद साउदले बोहराद्वारा व्यक्त धारणा आश्चर्यजनक भएको बताए । उनले भने, ‘हामीले संसदीय दलको आठौं बैठकबाट त्रिलोचन भट्टको वर्तमान सरकारलाई समर्थन कायमै राख्ने सर्वसम्मत राख्ने निर्णय गरेका हौं,’ उनले भने, ‘वर्तमान सरकार अझ प्रभावकारी ढंगले सञ्चालन हुनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !