१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

ईश्वर पोखरेलले आफैलाई घोषणा गरे एमालेको महासचिव



काठमाडौं : पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब पार्टीको काममा सक्रिय हुने बताएका छन् । करिब साढे तीन वर्ष सरकारमा रहेका पोखरेल हालै मन्त्रिपरिषद् पुनर्गठन हुँदा बाहिरिएका हुन् । अब फेरि पार्टीको महासचिव भएर पुन भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको बताउँदै यस विषयमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसित कुराहरू भइरहेको बताएका हुन् । सामाजिक सञ्जालमा लेखेका छन्, साथीहरू सबैलाई थाहा छ । म नेकपा (एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव तर महान र ऐतिहासिक भनिएको एमाले माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन । तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुन एमालेको महासचिव रहन पुगेको छु ।

अहिले ूसबैतिर छ पार्टी तर कहीं पनि छैन पार्टी जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती रहेको पोखरेलको जिकिर छ । यसलाई बदल्ने अभियान सञ्चालन गर्ने संस्थाको महासचिव भएर आफूले भूमिका खेल्नुपर्ने उनको ठहर छ । उनले भनेका छन् – दुर्भाग्य नै हो ( यतिवेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ । यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ । चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सिर्जना गराउन खोजिँदैछ । आर्थिक विकास र सम्बृद्धिको अभियानलाई कमजोर पार्ने , राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्‌भावलाई बिथोल्ने आदि दुस्प्रयत्नहरू हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्ररबाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ । उनले पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई गोलबन्द अपिल पनि गरेका छन् ।

२०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म ९२ वर्ष ७ महिना १४ दिन  नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात २०७८ जेठ २१ गतेसम्म ९७ महिना २३ दिन ० प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहें । शुरूमा अर्थात् २०७४ फागुन १४ गतेदेखि २०७५ जेठ १७ गतेसम्म रक्षा मन्त्रीको रूपमा र त्यसपछि उपप्रधानमन्त्रीको हैसियतले रक्षा मन्त्रीका रूपमा जम्मा ३ वर्ष ३ महिना ७ दिन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहें । यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको छु । यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पुरा गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गदर्शन गरिरहनु भयो । मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनु भयो । नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति लगायत सकल दर्जाका साथीहरू, मन्त्रालयका सचिवजीहरू तथा अन्य सम्पूर्ण कर्मचारी साथीहरूले गर्नुभएको सहयोगलाई म कहिल्यै विर्सन सक्तिन । मलाई समर्थन गर्नुहुनेर माया गर्नुहुने आम जनता खासगरी निर्वाचन क्षेत्रका मतदाताहरूले सद्भाव र समर्थन जनाइरहनु भयो । उहाँहरूले गर्नुभएको सहयोग र सद्भावलाई म कहिल्यै विर्सने छैन । उहाँहरू सबैप्रति म कृतकृतज्ञ छु ।

 

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय