६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

महतो र ठाकुरलाई झट्का, प्रदेश २ मा जसपाको संसदीय दलको नेतामा लालबाबु रावत चयन



काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालमा चर्को विवाद चलिरहेको बेलामा प्रदेश २ मा सत्ता समिकरणको जोड घटाउमा संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन भएका छन् । जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा सत्ता समिकरणको कसरतमा मुख्यमन्त्री लालबाबु राउतलाई ३६ सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन गरेको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकमा संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपा श्रोतले जनाएको छ । बैठकमा सहभागी जसपाका एक नेताका अनुसार बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको जानकारी दिए ।

जसपा नेपालको केन्द्रमा महन्थ पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान र संसदीय दलको नेता चयन गरेका हुन्। बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० जना र तत्कालिन राजपाबाट ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेको एक प्रदेशसभा सदस्यले जानकारी दिए । साथै अन्य केही प्रदेशसभा सदस्यलाई समेत पक्षमा ल्याउने तयारी बहालवाला एक मन्त्रीले जानकारी दिए ।

३६ भन्दा बढी प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आजै प्रदेशसभा सचिवालयमा मो। लालबाबु राउत चयन गरिएको जानकारी प्रदेशसभा सचिवालयमा दिने तयारी अन्तिम चरणमा रहेको श्रोतको भनाइ छ । यद्यपि जसपाको बैठकमा पार्टी सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयलाई फुटाएर मन्त्रालयको संख्या समेत बढाउने तयारी चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय