१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

संसद विघटनपछि सुरक्षा चुनौती बढ्यो : प्रधानसेनापति थापा



काठमाडौं । संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने नेपाली सेनाले विश्लेषण गरेको छ । कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क हुनुपर्ने बताए । ‘परिस्थितिहरुको संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्छ’, थापाले भनेका छन् । उनले सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको पनि बताए । थापाले नेपाली सेना आफ्नो संवैधानिक दायित्वबाट बाहिर नजाने पनि बताएका छन् ।

उनले भने, ‘हरेक संकटमा सेनाको दायित्व र जिम्मेवारी संविधानले प्रष्ट गरेको छ ।’ सोही अवसरमा थापाले सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको पनि जानकारी दिए । कार्यकाल सकिन तीन महीना बाँकी रहँदै उनले नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेका हुन् । अन्तिम एक महीना विदामा बस्ने परम्परा अनुरुप त्यसअगावै नेतृत्व हस्तान्तरणलाई निष्ठापूर्वक र विस्तृतरुपमा गरिने थापाले बताए । सेनामा रथी प्रभुराम शर्मा थापाको उत्तराधिकारी बन्ने लाइनमा छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय