१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

केही छाेकहरू —–



✍️ पेशल आचार्य
१. उचाइ —
ऊ धरहरा चढ्याे
र आफू चढेकाे भर्याङ्
तलै झारिदियाे !
** **
२. शैली —
विराेधीहरूले
उसलाई गाली गरे
ढुङ्गा हाने
जवाफमा
उसले विराेधीले हानेका
ढ्ङगाकाे
सिँढी बनाएर
फेरि माथि पुग्याे ।
** **
३. शिक्षा —
असी काटेका बाबुले
साठी कटेकाे
छाेरालाई
अमिलाे मुख पारेर भने
-“मैले आज बल्ल तलाईं चिनेँ !”
** **
४. सीप —
बेराेजगार छाेराे
काम नपाई घर बस्छ
उता वृद्ध बाबुलाई
प्राैढ कक्षा पढ्न बाेलाइन्छ !
** **
५. अवस्था —
उर्वरशील खेतबारी बाँझै राखेर
राष्ट्रिय गीत गाउँदै
मेराे देशका लाखाैं युवाहरू
आफू भेडाे बनेर
अरबमा
भेडा चराइरहेछन् !!
** **
(२०७८ जेठ, २४)


प्रतिक्रिया दिनुहोस !