२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

रुस र चीनको आर्थिक तथा सैन्य सहकार्य नेटोका लागि गम्भीर चुनौती : सेक्रेटरी जनरल स्टोल्टनबर्ग



एजेन्सी : उत्तर प्रशान्त सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टनबर्गले रुस र चीनको बढ्दो राजनीतिक र आर्थिक सहकार्यले नेटोलाई गम्भीर चुनौती दिईरहेको बताएका छन् । महासचिव जेन्स स्टोल्टनबगर्गले जर्मन अखबार वेल्ट अम सोन्ट्यागसँग कुरा गर्दै सो अभिव्यक्ति दिएका हुन् । उनले भने, हामी रसिया र चीनले हालसालै राजनीतिक र सैन्य सहयोग विकास गरिरहेको नजिकबाट नियाली रहेको छौँ ।

त्यस्तै मस्को र बेइजिंग प्रायः संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूमा आफ्ना कदमहरूको समन्वय गरिरहेका छन् । दुबै देशहरूले संयुक्त युद्धाभ्यास, लामो दूरीको युद्धक विमानहरू र समुद्री अपरेशनहरू सञ्चालन गर्नुका साथै सैन्य प्रणाली प्रयोग गर्ने र इन्टरनेटमा नियन्त्रणको क्षेत्रमा अनुभवको आदानप्रदान गर्दछन् स्टोल्टनबर्गले भने । त्यस्तै स्टोल्टनबर्गका अनुसार ब्रसेल्समा आगामी नाटो शिखर सम्मेलनमा भावी विकास नाटो २०२० को कार्यक्रममा निर्णय लिने छ । जसले गठबन्धनलाई अभिवृद्धि गर्ने र शक्तिको सन्तुलन सन्तुलन र यस क्षेत्रमा नयाँ चुनौतिहरूको सामाधान गर्ने छ । चीनलाई आत्मविश्वास मिल्दो शक्तिमा परिणत गर्ने, रुसीको बढ्दो आक्रमण, अन्तर्राष्ट्रिय आतंकवादको नयाँ क्रूर रूप, साइबर आक्रमण र आणविक हतियारको प्रसारका बिषयमा छलफल हुने स्टोल्टबर्गले बताए ।

स्टोटेनबर्गले भने, रसियासँगको सम्बन्धमा गठबन्धनले कन्ट्रेन र वार्ता गर्ने रणनीतिमा अडिग रहनेछ । अर्कोतर्फ, चुनौतीपूर्ण समयमा हामीले हाम्रो छिमेकी रूससँग हतियार नियन्त्रण र अन्य सैन्य र राजनैतिक चुनौतिहरूका सवालमा सम्पर्क कायम राख्नुपर्दछ। यदि हामीले एक अर्कासँग कुरा गरेनौं भने हामी आफ्नो मतभिन्नतालाई हटाउन सक्ने छैनौ वा आपसी समझदारी सुधार हुने छैन । नेटो प्रमुखले भने, गठबन्धनका सदस्य राष्ट्रहरूले प्रशान्त क्षेत्रका देशहरूसँगको सहकार्य बढाउन खोज्नेछन् । त्यस्तै उनले चीनको उदयले शक्तिको विश्वव्यापी सन्तुलनमा मौलिक परिवर्तन आएको पनि बताए ।

source : tass.com


प्रतिक्रिया दिनुहोस !