११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

मन्त्री थापाको राजीनामा माग गर्दै कर्णालीमा एमालेद्धारा सदन अवरुद्ध



काठमाडौं : कर्णालीमा नेकपा एमालेले सदन अवरुद्ध पारेको छ । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन भएको अभियोग लागेका मन्त्री अम्मर बहादुर थापाको राजीनामा माग गरेका छन् । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सोमबार सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कँडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको भन्दै प्रश्न गरे ।

उनले भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई तत्काल बर्खास्त गरेर सदन चलाउने वातावरण निर्माण गर्न अनुरोध गरेका गरे । उनले सो माग गरेसँगै एमालेले संसद अवरुद्ध गरेको छ । एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका छन् । ‘कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ, अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो हैन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन’, कँडेलले भने ।

 


प्रतिक्रिया दिनुहोस !