१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

इजरायल देश होइन, एक आतंकवादी क्याम्प हो : अली खामेनी



एजेन्सी : इरानी सर्वोच्च नेता अली खमानीले इजरायललाई “आतंकवादी शिविर” को संज्ञा दिएका छन् । उनले सामाजिक संजाल फेुबुकमा प्यालेस्टाइनलाई तेल अवीवको बिरूद्ध लड्नको लागि एकजुट हुन आग्रह गरेका छन्। इजरायलले प्यालेस्टाईनलाई कब्जा गरेर आतंकवादको अड्डामा परिणत गरेको छ, खामानीले भनेका छन् । इजरायल देश होइन, यो प्यालेस्टाइन र अन्य मुस्लिम राष्ट्रहरु विरूद्ध खडा गरिएको एक आतंकवादी क्याम्प हो, खामेनीले टुईटमा भनेका छन् ।

खमानीले इरानले प्यालेस्टाइनको स्वतन्त्रता आन्दोलनमा सहयोग पुर्‍याउने वार्षिक दिनमा यस्तो टिप्पणी गरेका हुन् । अवीवले धेरै अरब देशहरूसँग सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरे पनि इजरायलको विरुद्ध पूर्वी जेरूसलम, वेस्ट बैंक र गाजामा बसोबास गरिरहेका प्यालेस्तिनीहरुलाई एकल इकाई बनाउनका लागि प्यालेस्तिनीहरूले जनमतसंग्रहको माग गर्नै पर्ने बताए । जसमा सबै जाति र धर्मका मूल निवासीले नयाँ राजनीतिक प्रणालीमा मतदान गर्ने खामेनीको तर्क छ ।

source : https://www.rt.com/news/523188-iran-khamenei-israel-quds/


प्रतिक्रिया दिनुहोस !