६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

सातै दिन आरटीजीएस सञ्चालन गर्न केन्द्रिय बैंकको निर्देशन



काठमाडौं- नेपाल राष्ट्र बैंकले यहि जेठ २५ गते मंगलबारदेखि साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सञ्चालन गर्न निर्देशन दिएको छ ।

नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फर्छ्यौटका लागि केन्द्रिय बैंकले जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म बैकिङ्ग कारोबार पूर्णरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । बैंकले सबै वित्तीय संस्थालाई ‘नर्मल विजनेस डे’ सञ्चालन हुने भन्दै कारोबार पूर्णरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

बैंकले असार १ गते मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि साताका सबै कारोबार दिनहरुमा संक्षिप्त ‘बिजनेस डे’ सञ्चालन गरी ‘मर्निङ एक्सचेन्ज पिरियड फर कस्टमर एण्ड इन्टरबैंक पेमेन्टस्’ दिउँसो २ बजेसम्म कायम गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !