७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

माथिल्लो तामाकोसी आयोजनाको दोस्रो युनिटको परीक्षण उत्पादन मंगलबार सकिने



निर्माण सम्पन्न सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन भइरहेको छ । पहिलो युनिट सफल भएपछि दोस्रो युनिटको उत्पादन परीक्षण भएको हो ।

दोस्रो युनिटको परीक्षण मंगबारदेखि सकिने अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवत्ता गणेश न्यौपानेले बताए । उनले दोस्रोको परीक्षण पूरा भएपछि तेस्रो युनिटको थाल्ने जानकारी दिए । असारसम्म दुइवटा युनिट सञ्चालन गरेर १५२ मेगावाटसम्म बिजुली उत्पादन गर्ने लक्ष्य छ ।

भदौसम्म आयोजनाबाट पूरै ४५६ मेगावाट बिजुली उत्पादन हुने अपर तामाकोसीले जनाएको छ । ७६ मेगावाट क्षमताका ६ वटा युनिटहरु रहेका छन् । ४ किलोमिटर सुरुङ र १ किलोमिटर पेनस्टकमा पानी भरिएको छ । सोही पानी प्रयोग गरेर अहिले आयोजनाले नो लोडमा बिजुली उत्पादन गरेको हो ।

‘जेठमा संभव भएन असारको पहिलो साताभित्र पहिलो र असारभरी दुइटा युनिट सञ्चालन हुनेछ ’ उनले भने । यसअघि जेठ १२ गतेसम्म आयोजनाको परीक्षण पूरा गरी एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने कार्यतालिका बनेको थियो । पाइपको म्यानहोलबाट पानी चुहिएपछि मर्मत गरी पुनः पानी भर्न सुरु गरिएको हो ।

४५६ मेगावाटको आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्ने छ । निर्माण सकिएको यो हालसम्मकै ठूलो जलविद्युत आयोजना हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय