१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

‘रिकभरी रिस्क’ देखेरै प्रमाणपत्र धितो राखेर कर्जा दिन बैंक डराएः गभर्नर



केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन गाह्रो भइरहेको विषयमा ‘रिकभरी रिस्क’ कारक रहेको बताएका छन् ।

नाफिजले आज गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले राज्यले बजेटरी सहयोगमार्फत् ब्याजदरमा मात्रै सहुलियत दिएको तर रिकभरी रिस्क बैंक तथा वित्तीय संस्थामै रहने बताए ।

उनले अहिले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिनका लागि बैंक तथा वित्तीय संस्थामै रिकभरी रिस्क र राज्यमा त्यो नहुने भएकाले समस्या भएको हुन सक्ने बताए ।

‘राज्यको तर्फबाट बजेटरी सहयोगमार्फत् केही ब्याज सहुलियत दिइएको छ । तर बैंकको तर्फबाट हेर्दा रिकभरीको रिस्क राज्यमा सिफ्ट भइसकेको हुँदैन । त्यो रिस्क हेरेर बैंक तथा वित्तीय संस्थाले आफ्नो अडान राख्छन् जसले गर्दा कर्जा नपाउने अवस्था सिर्जना भएको हुन सक्छ,’ उनले भने ।

उनले कसैले शैक्षिक प्रमाणपत्र लिएर माग्न आउने वित्तिकै २५ लाख रुपैयाँ दिने विषय नभएको भन्दै व्यक्तिले आफ्नो उद्यमशिलता देखाउनु पर्ने, त्यसको सम्भाव्यता देखाउनु पर्ने बताए । उनले व्यक्तिले क्यासफ्लो जेनेरेट हुने सुनिश्चितता भएपछि मात्रै उपलब्ध हुने बताए ।

उनले त्यति भइसकेपछि मात्रै आवश्यक परेको मात्रामा मात्रै कर्जा उपलब्ध हुने सपष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !