१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

स्वास्थ्यमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना



काठमाडौं- कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। अचानक उनको मुटुमा समस्या आएपछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएको हो। पारिवारिक स्रोतका अनुसार उनलाई शुक्रबार राति देखि छाती दुखेको थियो।

साथै, ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्पताल लगिएको थियो। आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको पारिवारिक स्रोतले जनाएको छ।

अहिले उनको स्वास्थ्य अवस्था सुधार आइरहेको छ।

मदनकृष्णमा कोरोना भाइरसको संक्रमण अझै पनि पोजिटिभ देखिएको छ। जसकारण पनि उनको स्वास्थ्यमा समस्या आएको हुनसक्ने डाक्टरहरूले बताएका छन्।

वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएको केहीदिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

पहिलो पटक उनी आठ दिन अस्पताल भर्ना भएका थिए भने दोस्रो पल्ट मेडिसिटीमा १४ दिन बसेका थिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय