६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

मंगलवार तोलामा ३०० रुपैयाँले बढ्यो सुनको भाउ



नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. ३०० ले घटेको सुनको भाउ मंगलवार सोही अंकले बढेको. छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ८०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ३०० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला १ हजार ३५० मा कारोबार भएको चाँदी मंगलवार रू. ५ ले बढेर प्रतितोला रू. १ हजार ३५५ मा खरीदविक्री भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !