१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

नेपाल पछि गौतमले पनि खोले ओलीविरुद्ध फायर



काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतम समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले ६ बुँदे प्रस्तावमार्फत् पार्टी एकताका लागि इमान्दार प्रयत्न नगरेको बताएको छ । मंगलवार विज्ञप्ति जारी गरि नेता गौतमले पार्टी अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्‍यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग गरेको उल्लेख गर्नुभएको छ । तर विज्ञप्तिको बुँदा न १ मा “नेकपा (एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ” भनेको विषयलाई भने आफू पक्षको बैठकले सकारात्मक रुपमा ग्रहण गरेको गौतमले उल्लेख गर्नुभएको छ ।

तर सोही बुँदामा एकताको पक्षमा उभिएका नेताहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको उल्लेख छ । खनाल–नेपाल पक्षका २६ जनाले विपक्षी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिने विषय पनि ओलीकै कार्यशैली, कदमको परिणाम भएको वामदेव समूहले ठहर गरेको छ ।

वामदेव समूहको विज्ञप्तिमा यथासक्य छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा (एमाले) को दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्नुपर्ने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !