१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

उजुरीपछि समान्य प्रशासन मन्त्रालयले सच्यायो २९ कर्मचारीको पक्षपातपूर्ण योग्यताक्रम



काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख २० गते गोरखापत्रमा प्रकाशित बढुवा नामावलीको योग्यताक्रम संशोधन गरेको छ । वैशाख २० गते गोरखापत्रमा प्रकाशित नामावलीउपर उजुरी परेपछि र्मचारी बढुवाको योग्यताक्रम सच्याईएको हो । उजुरी सुन्ने अधिकारीको जेठ २५ गतेको निर्णयपछि उक्त नामावलीको योग्यताक्रम संशोधन गरिएको बढुवा समितिको सचिवालयले जानकारी दिएको छ । ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि मन्त्रालयले नेपाल विविध सेवा राजपत्र अनङ्कित प्रथम श्रेणी (कम्प्युटर अपरेटर) मा २८ र महिला विकास निरीक्षकमा एक जनालाई बढुवाका लागि सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !