१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

३ हजार क्रस गरेपछि सेयर बजारमा सामान्य करेक्सन, कारोबार १७ अर्ब नजिक



 बुधबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । ३ हजार क्रस गरेपछि सेयर बजारमा बुधबार १३.५६ अंकले बजार घटेर २९४६.५८ अंकमा रोकिएको छ ।

खासगरी विकास बैंकबाट लगानीकर्ताले नाफाबुक गरेकाले बजारमा केही दबाब परेको थियो । विकास बैंकबाट लामो समयदेखि नाफा बुक गर्न नपाएका लगानीकर्ताले बुधबार नाफा बुक गर्न खोज्दा बजार घटेको विश्लेषकहरू बताउँछन् ।

बुधबार जीवन तथा निर्जीवन बिमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । एक सातादेखि बिमा समूह सुस्त थियो । तर, बुधबार लगानीकर्ताको रोजाइमा बिमा कम्पनीहरू परेका छन् ।

बजार सामान्य करेक्सन आउँदा पनि जलविद्युत् कम्पनी, फाइनान्स, इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

केही दिन अघिसम्म जलविद्युतको सेयर मूल्यमाभारी गिरावट आएपछि साना लगानीकर्ताहरू विकास तथा वाणिज्य बैंकतिर फर्किएका थिए । त्यसपछि विकास बैंक तथा वाणिज्य बैंक हरियाली भएको थियो । तर, त्यहाँबाट लगानीकर्ता बाहिरिएपछि बिमा कम्पनीमा फर्किएको देखिएको छ ।

बढ्दोक्रममा रहेको खरिद बिक्री रकमले सूचक वृद्धिलाई साथ दिइरहेको छ । बुलिस बजारले नयाँ उचाइहरू तय गर्दै जानुलाई स्वभाविक मान्न सकिन्छ । तर, बजार एकोहोरो हिसाबले बढ्ने मात्र गर्दैन ।

केही करेक्सनहरू हुँदै अघि बढ्ने गर्छ । बजारको वृद्धिमा बैंक ब्याजदर, तरलता, सरकारको नीति, नियामकको भूमिका अनि आमलगानी कर्ताको मनोभावनाले पनि प्रभाव पारिरहेको हुन्छ ।

सेयर बजार अहिले प्रविधिमैत्री भएको छ । लगानीकर्ताले घरमै बसेर अनलाइनमार्फत कारोबार गर्न सक्छन् । यसले पनि बजार विस्तारमा सहयोग पुगेको छ । लकडाउनका कारण पनि बजारमा आकर्षित हुनेहरूको संख्या वृद्धि भइरहेको छ । बुल बजारमा कम्पनीहरूको प्रायः मूल्य त बढिरहेकै हुन्छ ।

तर, आम लगानीकर्ताले सकेसम्म मजबुत वित्तीय सूचकहरू भएका, लाभांश क्षमता राम्रो भएको, विगतको नाफा, भविष्यमा व्यापार विस्तारको सम्भावना अनि सञ्चालक र व्यवस्थापन पक्षलाई समेत ख्याल गर्दै अघि बढ्नुपर्ने हुन्छ । साथमा, ईपीएस, पीई, नेटवर्थ, रिजर्भ जस्ता महत्वपूर्ण सूचकहरू पनि हेर्ने गर्नुपर्छ


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय