१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले दिने भयो १९ प्रतिशत बोनस सेयर



सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीहरुलाई १९.११ प्रतिशत लाभांश दिने भएको छ । लाभांश दिने प्रस्ताव पारित गर्न कम्पनीले असार १० गते विशेष साधारणसभा बोलाएको छ ।

साधारणसभाले पारित गरेपछि सेयरधनीले बोनस सेयर पाउने भएका छन् । साधारणसभा  तीनकुनेस्थित न्यौपानेटावरको पाँचौं तल्लाको हलमा बिहान ११ बजेदेखि हुने भएको छ ।

सो सभाले गत आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने भएको छ  ।

उद्योगले बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा सेयर प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ ।  माघ ६ गतेको दोस्रो वार्षिक साधारणसभाबाट बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव अनुमोदन गरिसकेको छ।

सर्वोत्तमको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्ने छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।उद्योगले ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस !