spot_img
Sunday, June 13, 2021
spot_img

ट्रेन्डिङ :

भदौमा महाधिवेशन गर्न पूर्ण प्रतिबद्ध छु : सभापति देउवा

spot_img

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमा पार्टीको महाधिवेशन गर्न पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । बुधबार पेस वक्तव्य जारी गर्दै देउवाले महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताए ।

काँग्रेसले आगामी भदौँ ७-१० गतेका लागि १४ औं महाधिवेशनको मिति तोकेको छ । सोही कार्यतालिका अनुसार क्रियाशील सदस्यताबारे काम सम्पन्न नभएपछि काँग्रेस नेताहरुले महाधिवेशन हुने आशंका व्यक्त गर्न थालेका थिए ।
यसलाई प्रस्ट पार्दै देउवाले विज्ञप्तिमा लेखेका छन्, ‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु । महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु ।’

पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति उचित नभएको उनको भनाइ छ ।

पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएको भन्दै यसका लागि सबै जिम्मेवार हुनुपर्नेमा देउवाको जोड छ

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

—जोकरतन्त्र—

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: