६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

नेपाल समूहका केही कमरेडहरु फर्केर आउँदैछन् : ईश्वर पोखरेल



काठमाडौं । सत्तारूढ पार्टी नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल एमालेमा फर्कने सम्भावना नरहेको बताएका छन् । अनेरास्ववियुले विद्यार्थी फाँटका इन्चार्ज बनेका खिमलाल भट्टराईको स्वागत गर्न पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले नेपालसहितका नेता एमालेमा फर्कने सम्भावना नरहेको बताएका हुन् । उनले भने, मैले पनि विभिन्नपटक उहाँसँग छलफल गरेँ । धेरैपटक एक्लाएक्लै वार्ता, संवाद भयो । तर, उहाँ पार्टीमा फर्कने सम्भावना देखिन तर उहाँसँग रहनुभएको केही साथीहरू भने सकारात्मक हुनुहुन्छ ।

उहाँहरूसँग नियमितजसो कुराकानी पनि भइरहेको छ । उहाँहरूलाई फर्काउन हामीले संवाद जारी राख्नुपर्छ पोखरेलले भने । पोखरेलले पार्टी अध्यक्ष केपी ओली र आफूले धेरैपटक कोसिस गर्दा पनि पार्टी एकता गर्न नसकिएको र त्यसमा माधवकुमार नेपालको कुण्ठा, द्वेष र बदला भाव बाधक रहेको निष्कर्ष सुनाएका थिए । कार्यक्रममा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !