७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अमेरिका र युरोपको सार्वभौमिकतामा हस्तक्षेप नगर्न रुसी राष्ट्रपति पुटिनलाई बाईडेनको चेतावनी



काठमाडौं : अमेरिकी राष्ट्रपति जो बिडेनले बुधबार युरोपमा प्रजातन्त्रको रक्षा गर्न अमेरिकी सेना सक्षम भएको बताएका छन् । उनले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण अघि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई युरोपको प्रजातन्त्र र सार्वभौमिकतामा दख्खल नदिन चेतावनी दिएका हुन् । उनले ईग्यान्डको सफकोलको आरएएफ मिल्डनहलमा बोल्दै भने, म जी सेवेनपछि नेटोको मिनिस्टरियलहरुसँग छलफल गर्ने र त्यसपछि मेरा समकक्षी पुटिनसँग भेटवार्ता गर्ने छु । अब अमेरिकाले युरोपियन मित्र देशसँगको सहकार्य बढाईने छ । साथै सुरक्षाका बारेमा छलफल गरिने छ तर पुटिनसँग पछि हटेर वार्ता गरिदैन बाईडेनले भने ।

हामी रूससँग द्वन्द्व खोजिरहेका छैनौं। हामी एक स्थिर र योग्य सम्बन्ध चाहन्छौं, उनले भने, म स्पष्ट छु, रुसी सरकार गलत गतिविधिमा संलग्न भएमा संयुक्त राज्यले कडा र अर्थपूर्ण व्यवहार गर्ने छ। हामीले त्यो प्रदर्शन गरिसकेका छौं। संयुक्त राज्य अमेरिका र युरोप र अन्य ठाउँमा पनि प्रजातन्त्र, सार्वभौमिकता उल्लंघनका गतिविधिका बारेमा पुटिनसँग कुरा गर्न चाहन्छु।

अर्को हप्ता जेनेभामा पुटिनलाई भेट्नु अघि बिडेनले कर्नवालको जी सात र ब्रसेल्समा नेटो शिखर सम्मेलनमा युरोपेली नेताहरूसँग परामर्श लिइरहेका छन्। हाम्रो गठबन्धन र साझेदारीको अतुलनीय नेटवर्क जुन विश्वमा अमेरिकी फाइदाको लागि महत्वपूर्ण छ बिडेनले भने। उनीहरूले हामी सबैलाई संसार सुरक्षित बनाएका छन र ती हाम्राहरू हुन् जुन हामी आजका चुनौतिहरूको सामना गर्ने छौं, जुन द्रुतरूपमा परिवर्तन हुँदैछ। हामी यसलाई सामर्थ्यको स्थितिबाट पूरा गर्ने छौं।

source :


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय