७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

५३ लाख चोरी प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत मुछिए, सोधियो स्पष्टीकरण



नुवाकोट- नुवाकोटको पञ्‍चकन्या गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि छुट्याइएको ५३ लाख रुपैयाँ चोरी भएको हो। वडा कार्यालयका सचिव सरिता रावतसहितका ३ जना कर्मचारीले बट्टारस्थित हिमालयन बैंकबाट भत्ता वितरणका लागि भनेर झिकेको ५० लाख र वडा कार्यालयमा भएको ३ लाख रुपैयाँ सहित गत चैत्र २४ गते चोरी भएको थियो ।

दोस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरणका लागि गाउँपालिका २ को कार्यालयमा राखिएको ५३ लाख रुपैयाँ चोरी भयो । साथै कार्यालयको सीसी क्यामेरा जोडिएको मनिटरसमेत गायब बनाइयो । दुई महिना व्यतित हुँदा समेत सो चोरीमा संग्लग्न को हुन सार्वजनिक हुन सकेको छैन् ।

जिल्ला अदालतले वडा सचिव रावतलाई ३ लाख र अन्य २ कर्मचारीलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाडेपछि मात्र बल्ल घटना मन्त्रालयसम्म पुगेको छ ।यो चोरीको घटनालाई जिल्ला अदालत र नेपाल प्रहरीको सिआइबीले एकसाथ अनुसन्धान गरिरहेका बेला मन्त्रालयले पनि यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान गर्ने बताएको छ ।

यो प्रकरणमा सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीसँग विभागीय मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण समेत सोधेको छ । तर उनको स्पष्टकीरण मन्त्रालयलाई चित्त बुझेको छैन् । चोरीको घटना भएको लामो समयसम्म पालिकाले लुकाएर राखेका कारण पनि मिलेमतोमा रकम चोरी भएका मन्त्रालयका अधिकारीहरुको दावा छ । मन्त्रालयका अधिकारीहरुका अनुसार यो प्रकरणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कर्मचारीदेखि जनप्रतिनिधिसम्मको हात हुन सक्ने देखाएको छ । -इकर्मचारीबाट साभार


प्रतिक्रिया दिनुहोस !