१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेपाल फर्केपछि ओली विरुद्ध आमरण अनसन थाल्ने गोविन्द केसीको चेतावनी



काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी रुपमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिएमा त्यस विरुद्ध सत्याग्रह सुरु गर्ने चेतावनी दिनु भएको छ । द्वन्द्वग्रस्त मुलुक यमनमा रहेका केसीले निजी मेडिकल कलेजलाई सम्बन्धन दिए सत्याग्रह गर्ने चेतावनी दिनुभएको हो । भोलि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा चिकित्सा शिक्षा आयोगको बैठक राख्नु भएको छ । त्यसको अघिल्लो दिन डा. केसीले विज्ञप्ति नै जारी गर्दै चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई समेत ओलीको अवैध निर्णय विरुद्ध लाग्न आग्रह गर्नु भएको छ ।

यो अवस्थामा चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खाले अवैध निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न म चिकित्सा शिक्षा आयोगका सम्पूर्ण मर्यादित सदस्यहरुलाई अपिल गर्दछुञ, डा. केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । आयोगका सदस्यले नीजि मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा साथ दिए उनीहरुलाई समेत आफूले नछाड्ने केसीले चेतावनी दिनुभयो । चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार विसं. २०८० फागुनसम्म हाल सरकारी प्रतिष्ठान वा मेडिकल कलेज नपुगेका सबै प्रदेशका कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुग्नैपर्छ प्रावधान छ । तर प्रधानमन्त्री ओलीले आफूनिकट माफियाहरुको इशारामा त्यस्तो काम अघि बढेका प्रतिष्ठानहरुको कामसमेत रोकेको डा। केसीले आरोप लगाउनुभयो ।

ओलीको सत्तारोहण राजनीतिको भ्रष्टीकरण, भिजिलान्तेकरण र अपराधीकरणमा आधारित रहेको केसीको आरोप लगाउनुभयो । आफ्ना आर्थिक र राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापा स्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउन उनले अनेक हथकण्डा अपनाएका छन्ञ, केसीले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । केसी अहिले द्वन्द्वग्रस्त मुलुकका यमनका दुरदराजका गाउँका स्थानीयको उपचारमा संलग्न हुनुहुन्छ । उहाँले छिट्टै नेपाल फर्कने पनि बताउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय