१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५२९३ जना संक्रमणमुक्त, ५९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !