८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नयाँ सरकार बनाउन दीपक मनाङेले गरे हस्ताक्षर



पोखरा । पृथ्वीसुब्बा गुरुङको मन्त्रीमण्डलमा रहेका राजीव गुरुङ (दीपक मनाङे) ले विपक्षी दललाई सरकार बनाउनका लागि हस्ताक्षर गरेका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकमा सहभागी नभएका मनाङेले प्रदेशसभा विघटन हुनबाट जोगाउन र संघीयतालाई थप मजबुत पार्न यो कदम चालेको बताए । मनाङे गुरुङ क्याबिनेटमा युवा तथा खेलकुद मन्त्री रहेका थिए । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद् मनाङेलाई मन्त्री बनाएका थिए ।

पहिलोपटक १० दिन मन्त्री भएका मनाङले पछिल्लो पटक वैशाख २९ गते पुनः मन्त्रीमा नियुक्त भएका थिए । बिहीबार विश्वासको मत लिने क्रममा बहुमतका लागि ३१ मत चाहिने भए पनि ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले २७ मत मात्र पाए । वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गते पुनः नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत उनले बिहीबार संसद्को सामना गरेका हुन् । आन्तरिक चलखेल नभए नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली अब मुख्यमन्त्री बन्ने पक्का छ ।


प्रतिक्रिया दिनुहोस !