८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अझै बढाईएन, विपक्षी गठबन्धन छलफलमा जुट्यो



पोखरा : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया गाडि नबढाएपछि विपक्षी गठबन्धन छलफलका जुटेको छ । काँग्रेस सांसद विन्दु थापाका अनुसार सरकार गठनका लागि दिइएको समय ३ बजे सकिए पनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदहरु सामुहिक छलफलमा छन् । जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् । विपक्षी गठबन्धनका तर्फतबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षर सशरीर शुक्रबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । गठबन्धनले हिजो नै मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेपनि प्रदेश प्रमुख पौडेलले तोकिएको समय सीमासम्म अध्ययन गर्ने बताएकी थिइन् । तर ३ बजेसम्म कुनै जानकारी नआएको विपक्षी सांसदहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !