१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पार्टी एकतामा अवरोध खडा गर्ने भीम रावलको अभिव्यक्ति, स्थायी समिति बैठकमा नजाने घोषणा



काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले २०७५ जेठ ३ गतेको पार्टी कमिटी अनुसार बैठक बोलाइएमा आफूहरू नजाने स्पष्ट पारेका छन्। २०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भएको थियो। जेठ ३ को अवस्थामा पार्टीलाई लैजानु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी भंग गर्नु हो, जेठ ३ अनुसार बैठक बोलाउने भनेको सर्वोच्च अदालतको फैसला मान्दैनौं, नवौं राष्ट्रिय महाधिवेशनलाई पनि मान्दैनौं र पार्टीलाई एउटा एउटा निहुँ झिकेर फुटतिरै लैजान्छु भनेको हो।

उनले पार्टी विवाद समाधानका लागि औपचारिक र अनौपचारिक कुनै छलफलसमेत नभएको बताए। पार्टी एकताका लागि प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे प्रस्ताव जालझेल र षडयन्त्रपूर्ण रहेको भनेर आफूहरूले निष्कर्ष निकालिसकेको उनले बताए। २०७५ जेठ ३ गते तत्कालीन एमालेको केन्द्रीय कमिटी भंग भएर पदाधिकारी नरहेको अवस्था बनिसकेको थियो। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले यस विषयमा अध्यक्ष ओलीसँग दुई दुई पटक आफ्ना कुरा प्रष्टसँग राखिसकेको उनले बताए। यस विषयमा ओली पक्षबाट सकारात्मक धारणा नआएको रावलको भनाइ छ।

गत फागुन २८ गते आफ्नो गुटको बैठक गरेर नवौं राष्ट्रिय महाधिवशेनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग समेत गरिसकेको रावलले बताए । सर्वोच्च अदालतले दसौं महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर्‍याएर केन्द्रीय कमिटी भनेको नवौं राष्ट्रिय महाअधिवेशनबाट निर्वाचित मात्रै हुनसक्छ भन्ने स्पष्ट हुने गरिकन भनेको कुरालाई त्यसप्रति सकारात्मक धारणा राख्नुको सट्टा उहाँहरू पुनरावलोकनमा जान खोज्दै हुनुहुन्छ रावलले भने । यसअघि ओलीनिकट नेता तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले खनाल नेपाल पक्षलाई समेत सहभागी गराउने गरी स्थायी कमिटी बैठक बोलाउने तयारी भइरहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !