१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सात सुप्रीम हाइकुहरु



१. पहिले चुप,
अहिले खोसाखोस
कोरोनाखोप !
२. सुन्दर देश,
अशान्तपो बनाए
कुपुत्रभई !
३. गुड मोर्निङ्ग,
बोर्डिङको टिचर
जागिर छैन !
४. अनलाइन,
नेटवर्क नभई
गीतगाउनु ?
५. मन्त्रीको सालो,
जिएमको भतिजो
चुरे दोहन !
६. गणतन्त्र यो
‘गडबडतन्त्र’ पो
बन्छकिक्याहो ?
७. गाई बेचेर,
कुकुर पाल्नेहरू
सहरभरि !!


प्रतिक्रिया दिनुहोस !