१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

२८२८ जनामा कोरोना संक्रमण पुष्टि, ३०८२ जना संक्रमणमुक्त, ५२ को मृत्यु



काठमाडौं- नेपालमा कोरोना भाइरस कोभिड — १९ का २८२८ जना संक्रमित थपिएका छन् । १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ।

आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्।

४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !