१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

अमेरिका, भारत र बेलायतले नेपाललाई कोरोना खोप नबेच्ने ! चीनबाट ४० लाख डोज आउँदै



काठमाडौं : सरकारले राष्ट्र प्रमुखकै तहबाट विभिन्‍न मुलुकलाई कोरोना खोप खरिदका लागि पत्र पठाए पनि छिमेकी चीनबाहेक अरुले रेस्‍पोन्स नै नगरेपछि सरकार निराश बनेको छ । अर्को छिमेकी भारतले जेठ १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पाएको जानकारी दिएको भए पनि अझै खोप दिने नदिने भन्ने बारेमा कुनै प्रतिक्रिया नै दिएको छैन । त्यस्तै हाम्रो दूतावासस्तरबाट खासै लविङ हुन नसकेको सरकारको ठहर छ ।

परराष्ट्रमा मातहतमा रहेको अमेरिकी राजदूत डा. युवराज खतिवडा काम गर्नुको साटो पासपोर्ट बाड्न अवैतनिक दूत भेट्न हिडिरहेको मन्त्रीहरु बताउँछन् । त्यस्तै बेलायतका राजदूत पनि दूतावासबाट बाहिर निस्कन नसकेको ठानिन्छ । भारतमा रहेका राजदूत पनि कुनै कूटनीतिक पहल गर्न सकेका छैनन् । अरु देशका दूतावासको तुलनामा बेइजिङस्थित नेपाली दुतावास सक्रिय छ । हुनत यतिबेला सुझाव नै आएको छ । अन्तराष्ट्रियस्तरबाट स्वतन्त्र रूपमा खोप खरिद गर्न छोडिदिएमा निजी क्षेत्रले नै खोप ल्याएर लगाइसक्ने भन्दै त्यसतर्फ ध्यान दिन पर्ने देखिन्छ ।

सरकारले खोप खरिद नै गर्न नसकेपछि अहिले जसरी पीसीआर परिक्षण गरिएको छ । त्यही मोडलमा सरकारले त्यहाँ खोप पनि खुला गरिदिएको भए अधिक नेपालीले खोप लगाइसक्ने थिए सरकारी अधिकारी भन्छन् । खोप चाहिने बेलामा स्वास्थ्य सामाग्री आउनु सरकारको लापरबाही जिम्मेवार छ । तत्काल खोपको लागि सरकार लागि पर्नुपर्नेमा विचौलियाको खेलमा सरकार परेको जानकारहरु बताउँछन् ।

विचौलियाको चर्को चलखेलको मारमा भारतबाट ल्याउने खोप नै समयमा आउन पाएन । पछि भारतले पनि आफ्नो अदालतको फैसला भन्दै खोप उपलब्ध गराउन आनकानी गरेपछि पहिलो डोज खोप लगाएर दोस्रो डोज लगाउन नपाएकाहरूको संख्या उल्लेख्य छ । चिनियाँ राष्ट्रपति सीले जेठ १३ मा नेपाल सकमक्षी भण्डारीलाई टेलिफोन नै गरेर सक्दो सहयोग उपलब्ध गराउने बताएका थिए । चीनबाट त्यो स्तरको रेसपोन्स भएकाले पनि त्यहीबाट खोप ल्याउने तयारी भएको हो । चीनले कतिमा खोप दिन लाग्यो भन्‍ने बाहिर नआए पनि उसले श्रीलंका र बंगलादेशलाई नै फरक फरक मूल्यमा खोप बेचेका समाचार बाहिर आइरहेको छ ।

दुई डोज खोपको १५ र १० अमेरिक डलरमा उसले बेचेको भनिएको छ। यद्यपी नेपललाई पनि मुल्य २० डलर राखेर सहुलियत भन्दै केही कममा खोप उपलब्ध गराउन सक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताए । खोपका लागि राष्ट्रपति भण्डारीबाट गएको पत्रको जवाफ के कस्तो हुँदैछ भनेर परराष्ट्र मन्त्रालयले आफ्नो नियोगलाई भनिरहेको छ ।

चीनबाट ४० लाख खोप ल्याईदै

चिनियाँ राष्ट्रपति सीले खोप उपलब्ध गराउने भनेपछि सरकारले चीनबाट खोप किन्‍ने प्रक्रिया अघि बढाएको थियो । चिनियाँ राष्ट्रपति सीले नेपाललाई आवश्यक पर्ने जति खोप दिन चीन तयार रहेको बताएका थिए । त्यसको केही समयपछि चीनले नेपाललाई दिने भने अनुरुपकै खोप उपलब्ध गराएको छ । चीनले नेपाललाई १८ लाख खोप अनुदानमा उपलब्ध गराएको छ । सरकारले चीनको सिनोफर्माबाट ४० लाख खोप खरिद गर्न लागेके हो । सरकारले भारतको सिरम कम्पनीलाई १० लाख डोजको खोप अग्रिम भुक्तानी गरेको भए पनि खोप आउन सकेको छैन । उताबाट खोप आउने भन्दै त्यतीबेला सरकारले सबै खोप पहिलो डोजमा नै खर्चेपछि दोस्रो डोज लगाउन पाउने अवस्था छैन । यद्यपि सोमबारको मन्त्रीपरिषद् बैठकले ४० लाख डोज खोप चीनबाट खरिद गर्ने निर्णय लिएको बाहिर आइसकेको छ । त्यो निर्णय अनुरुप अन्यबाट पनि खोप किन्‍न एउटा प्रावधान तय भएको छ ।


प्रतिक्रिया दिनुहोस !