१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अमेरिका र रुसको जेनेभा वार्ता, कोल्ड वारका लागि दुबै देश अनिच्छिुक



GENEVA, SWITZERLAND – JUNE 16, 2021

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाईडेनको बीचमा जेनेभामा भएको तीन घण्टा लामो भेटवार्तापछि दुई देशको सम्बन्धमा सुधार आएको ठानिएको छ । सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले ठोस प्रगति नभएपनि इतिहासकै न्यून बिन्दुमा सम्बन्ध गुज्रिएको बेला जेनेभा बैठकले दुई देशको सम्बन्धमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ । अमरिका र रुस दुबै देशले राजदुत पठाउने निर्णय गरेका छन् । सन् २०२० को र्निाचनामा रुसले हस्तक्षेप गरेको अमेरिकी आरोप पछि दुबै देशले राजदूतहरुलाई फिर्ता बोलाएका थिए । अमेरिका र रुस परमाणु हतियार नियन्त्रण सम्बन्धि छलफल गर्न तयार भएका छन् ।

यी सहमतिका बाबजुद रुसी विपक्षी दलका नेता हाल अढाई वर्षको जेल सजाय काटिरहेका एलेक्से नभाल्नीको जेलमा मृत्यु भए रुसले भयावह परिणाम भोग्नु पर्ने अमेरिकी राष्ट्रपति जो बाईडेनले चतावनी दिए । अमेरिकी र रसियन कूटनीतिज्ञ र विज्ञहरूले अब साइबर, रणनीतिक स्थिरता, सिरिया, युक्रेन र आपसी चासोको विषयहरुमा साझा आधार खोज्ने प्रयास गर्नु आवश्यक रहेको बताए । बिडेनले आउँदो महिनाको वार्ता पछाडि मात्र दुई देशले यी निर्णयहरुमा पुग्न सक्ने बताए । दुई देशका शीर्ष नेताहरुको बैठक केवल कमजोर धरातलबाट सुरुवात भएको र ठोस सहयोगको रूपमा रहेको स्थायी सुधार र जोखिमयुक्त एजेन्डामा ठोस सहकार्य रहेको अमेरिकी विज्ञहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !