१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रशासकीय अधिकृतलाई १५ लाख नदिए गोली ठोक्ने धम्की, कार्यालय सहयोगी नै पक्राउ



काठमाडौं : बारामा गाउँपालिका प्रशासकीय अधिकृतसँग १५ लाख फिरौती माग्ने कार्यालय सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । बारा जिल्लाको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवसँग १५ लाख फिरौती माग्ने सोही गाउँपालिकाका कार्यालय सहयोगी मुकेशप्रसाद यादवलाई पक्राउ परेका छन् । आफ्नै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविनकुमार श्रीवास्तवलाई यादवले १५ लाख नदिए गोली हान्ने भन्दै धम्क्याएका थिए । यादवले श्रीवास्तवलाई एनसेलको अपरिचित नम्बरबाट फोन तथा म्यासेज गरेका थिए ।

यादवले पटकपटक धम्क्याएपछि श्रीवास्तवले अडिओसहित प्रहरी कार्यालयमा सूचना दिएका थिए। केही दिनदेखि उसले त्यसरी फिरौती माग गरिरहेको थियो। अधिकृतले दिन्छु भनेर आलटाल गरिरहेका थिए। तर धेरै पटक धम्की आएपछि प्रहरी कार्यालयमा उजुरी पर्‍यो, डिएसपी मिश्रले भने। प्रहरीले सेवा प्रदायक कम्पनीको प्राविधिक सहयोगमा अनुसन्धान गर्दा पछि मुकेशप्रसादले फिरौती मागेको खुलेको हो। प्रहरीले यादवलाई अपराधिक लाभ मुद्दामा थप अनुसन्धान गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !