१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

५१ कम्पनीको शेयर नामावली सार्वजनिक भएपछि अध्यक्ष ढुंगानाविरुद्ध अख्तियारमा मुद्दा



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगमा बुधबार उजुरी दर्ता भएको बताइएको छ । आयोग स्रोतका अनुसार सी ०३५०७४-२०७८–३–२ नम्बरमा उजुरी दर्ता भएको छ । स्रोतका अनुसार उक्त उजुरीमा बोर्डका अध्यक्ष ढुंगानाले ठूला लगानीकर्तासँग पदिय मर्यादा भन्दा बाहिर गएर आर्थिक लाभ लिने हेतुले सम्पर्क, सम्बन्ध बढाएको भन्ने कुरा उल्लेख छ ।

उक्त उजुरीमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने विषयमा निकै बाधक बनेको र त्यसबापत पनि आर्थिक लाभ लिएको उल्लेख छ । त्यसको लागि विभिन्न तारे होटलमा गएको र त्यहाँ कसकसलाई भेटेको, त्यसको लागि कुने ब्रोकरसँग भेट गरेको, त्यसको लागि कुन ब्रोकरले सहजिकरण गरेको भन्ने कुरा समेत उजुरीमा उल्लेख गरिएको छ । स्रोतका अनुसार उक्त उजुरी विद्युतीय माध्यमबाट दर्ता भएको हो । बोर्डले मंगलबार मात्रै ५१ वटा कम्पनीको सेयर मूल्यमा अस्वभाविक वृद्धि भएको, ती कम्पनीको कारोबारमा इन्साइडर टे«डिङ तथा कर्नरिङ भएको भन्दै नामावली सार्वजनिक गरेको थियो । बोर्डले नाम सार्वजनिक गरेको भोलिपल्टै अख्तियारमा उजुरी परेको छ ।


प्रतिक्रिया दिनुहोस !