१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

चुरेमा बढी भएका गिट्टी, बालुवा र ढुंगा मात्र बेच्न खोजेको हो : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले चुरे दोहन नहोस् भन्नका लागि बजेटमा चुरे दोहन नगर्ने, चुरेको दोहनलाई रोक्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदी निकाल्ने काम रोक्ने कार्य गर्न लागेको बताए ।

उनले भने, खानी पत्ता लगाउने त्यो खानी उपयुक्त छ कि छैन वातावरणीय सर्भे गर्ने, वातावरण अनुकूल हुन्छ कि हुँदैन वातावरणीय सर्भे गरेर अनिमात्रै खानिबाट गिट्टी बालुवा निकाल्ने । अब बढी भयो भनेदेखि त हामीले विक्रि पनि गरेर व्यापार पनि गर्न सक्छौँ त्यसमा भन्ने कुरा हो । त्यो कुनै अनौठो कुरा होइन । हामीले चुरेको संरक्षण गर्न खोजेको हो । हामी चुरे विनास होइन चुरेको संरक्षण गर्न लागि परेका छौं । चुरेको संरक्षण गरिन्छ । ठोस योजनाका साथ हामी लागेका छौँ ओलीले भने ।


प्रतिक्रिया दिनुहोस !