१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

स्थानीयले अनेरास्ववियुको ब्यानर च्यातेपछि झडप



सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण थालेपछि झडप भएको छ । पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झडप भएको छ । स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।

मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयका इन्सपेक्टर टीकाराम राईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !